Posts

Showing posts from February, 2015

बाणिज्य बैंकहरुमा कुन कम्पनीको शेयर किन्दा राम्रो होला ?

Image
नेपालको धितोपत्र बजारका लगानीकर्ताहरुमा कम्पनीको वास्तविक अबस्था पत्ता लगाउने, तथ्य विश्लेषण गर्ने र जोखिम मूल्याङकन गरेर लगानी गर्ने प्रबृत्ति बिस्तारै बढ्दै जान थालेको छ । लगानीकर्ताले आफुले लगानी गर्न चाहेका कम्पनीहको आधारभुत अवस्थाबारे जानकारी नराखी हल्ला र अरुको लहै लहैमा लाग्दा अप्रत्याशित नोक्सानी र जोखिम बहन गर्नु पर्छ । उसो भए राम्रा र सुरक्षित कम्पनी कसरी छान्ने त ? प्रस्तुत छ, बाणिज्य बैंकहरुको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय विवरणमा आधारित विश्लेषणः सुरक्षित लगानीका लागि बाणिज्य बैंक नेपालको पूँजी बजारको अबस्था हेर्दा सबैभन्दा भरपर्दा र चलायमान कम्पनीहरु भनेका बाणिज्य बैंकहरु नै हुन् । यस्ता कम्पनीहरुमा कम जोखिम हुनुका साथै धितोपत्रहरु सहजै बेच्न सकिने, धितो राखेर कर्जा लिन सकिने र ठूला जोखिमहरु बहन गर्नसक्ने क्षमता राख्छन् । त्यसैले पूँजी बजारमा यस्ता कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको बढी संलग्नता पाईन्छ । बाणिज्य बैंकहरुको चुक्ता पूँजी, कमाई, जोखिम ब्यवस्था र लाभांश बाड्नसक्ने क्षमता लगायतका आधारभुत कुराहरुको बिश्लेषण  यसरी गर्न सकिन्छः चुक्