सेयर बादशाह निर्मल प्रधानको कथा–१ : ‘झण्डै सिद्धिएको थिएँ, यसरी उक्सिएँ’       २०५५  सालमा सेयरमा लगानी गरेका अधिकांश लगानीकर्ताले २०५७–५८ मा ठूलो गिरावटको  सामना गर्नुपर्यो, उनीहरुले ठूलो घाटा व्यहोरे । मैले भन्दा धेरै घाटा  खानेहरु पनि त्यसबेला थुप्रै थिए । तर, तीमध्ये अधिकांशले आफूलाई सेयर  बजारमा पुनस्थापित गर्न सकेनन् । उनीहरुमा फेरि पनि सेयर बजारमा लगानी  गर्ने आँट नभएका कारण यस्तो भएको हुनसक्छ । तर, म चाहि आफूले सेयर बजारमा  गुमाएको पैसा जसरी पनि फिर्ता गरेरै छाड्छुु भन्ने प्रतिबद्धतासहित  लागिपरेँ, लागिरहेँ, तर यो संघर्ष र जोखिमपूर्ण यात्रा उति सहज भने थिएन ।   मैले  सेयर बजारमा लगानी गर्ने उद्देश्यले नै त्यसबेला बैंकबाट लिएको ऋण तिर्नका  लागि खरीद गरेको दरभन्दा धेरै तल झरेर केही बैंकको सेयर बिक्री गर्नुपरेको  थियो । जस्तो, मैले बैंक आफ काठमाण्डूूको सेयर प्रतिकित्ता १५ सयमा खरीद  गरेको थिएँ, तर बिक्री गर्नुपर्दा प्रति सेयर २ सय २० रुपैयाँमा बाध्य भएँ ।  यस्तै, एनआइसी बैंकको ८ सयमा किने सेयर १ सय ९५ रुपैमा झरेर बिक्री  गर्नुुपर्यो । अरु कुरा छाडिदिनुहोस्, त्यसबेला एभरेष्ट बैंक...