NIRMAL PRADHAN-a leading share investor of nepal
सेयर बादशाह निर्मल प्रधानको कथा–१ : ‘झण्डै सिद्धिएको थिएँ, यसरी उक्सिएँ’
२०५५
सालमा सेयरमा लगानी गरेका अधिकांश लगानीकर्ताले २०५७–५८ मा ठूलो गिरावटको
सामना गर्नुपर्यो, उनीहरुले ठूलो घाटा व्यहोरे । मैले भन्दा धेरै घाटा
खानेहरु पनि त्यसबेला थुप्रै थिए । तर, तीमध्ये अधिकांशले आफूलाई सेयर
बजारमा पुनस्थापित गर्न सकेनन् । उनीहरुमा फेरि पनि सेयर बजारमा लगानी
गर्ने आँट नभएका कारण यस्तो भएको हुनसक्छ । तर, म चाहि आफूले सेयर बजारमा
गुमाएको पैसा जसरी पनि फिर्ता गरेरै छाड्छुु भन्ने प्रतिबद्धतासहित
लागिपरेँ, लागिरहेँ, तर यो संघर्ष र जोखिमपूर्ण यात्रा उति सहज भने थिएन ।
मैले
सेयर बजारमा लगानी गर्ने उद्देश्यले नै त्यसबेला बैंकबाट लिएको ऋण तिर्नका
लागि खरीद गरेको दरभन्दा धेरै तल झरेर केही बैंकको सेयर बिक्री गर्नुपरेको
थियो । जस्तो, मैले बैंक आफ काठमाण्डूूको सेयर प्रतिकित्ता १५ सयमा खरीद
गरेको थिएँ, तर बिक्री गर्नुपर्दा प्रति सेयर २ सय २० रुपैयाँमा बाध्य भएँ ।
यस्तै, एनआइसी बैंकको ८ सयमा किने सेयर १ सय ९५ रुपैमा झरेर बिक्री
गर्नुुपर्यो । अरु कुरा छाडिदिनुहोस्, त्यसबेला एभरेष्ट बैंकको सेयर निकै
तल झरेर प्रति कित्ता ३ सयमा आइपुुगेको थियो । प्रति कित्ता ३६ सयमा
कारोबार भइरहेको नेपाल बंगलादेश बैंकको सेयर घटेर ४ सयमा आएको थियो भने
नवील बैंक प्रति कित्ता ४ सय ६५ र स्ट्याण्डर्ड चार्टर्ड बैंक ९ सय ९० मा
झरेको थियो ।
संकटको
बेलामा मैले बैंक र केही आफन्त तथा साथीभाईसँग हारगुहार गरेँ । म अझै
सम्झन्छुु–विनोद चौधरी र सत्यन्द्रप्यारा श्रेष्ठले मलाई त्यसबेला ठूलो
सहयोग गर्नुभयो, ठूलो गुन लगाउनुुभयो । मैले विनोद चौधरीसँग उहाँको बैंकबाट
केही ऋण उपलब्ध गराइदिन आग्रह गरेँ । उहाँले मलाई ‘कति लोन चाहियो’ भनेर
सोध्नुुभयो, मैले ठमेलमा रहेको निश्चल चलचित्र भवन रहेको एक रोपनी जग्गा
धितो राखेर २५ लाख लोन लिइसकेको र सोही जग्गा धितो राखेर थप २ करोड रुपैयाँ
चाहिने बताएँ । विनोद चौधरीले मेरो प्रस्तावलाई सकारात्मक रुपमा लिनुुभयो र
सत्यन्द्रप्यारा श्रेष्ठको घरमा गएर ‘निर्मल प्रधान मेरो पारिवारिक सदस्य
हो, उसलाई लोन दिनुुपर्यो’ भन्नुुभयो । त्यसपछि मेरो सम्पत्ति(जग्गा तथा
चलचित्र भवन)को पुनर्मूूल्यांकन गरियो र बैंकले मलाई सो बेला ९ प्रतिशत
ब्याजदरमा २ करोड ऋण स्वीकृत गरिदियो ।
मैले
भनेजति नै ऋण पाएपछि मेरा बजारका गुरु तथा सेयर बजारका विज्ञ जीवन
बस्नेतलाई भेटेँ । उहाँसँग मैले कुन कम्पनीको सेयरमा लगानी गर्ने भनेर
सल्लाह मागेँ । उहाँले मलाई एभरेष्ट बैंकको सेयर कुनै संकोच नगरी खरीद
गर्नु भन्ने सल्लाह दिनुुभयो । मैले पनि त्यही सल्लाहलाई ठीक मानी अगाडि
बढेँ र एभरेष्ट बैंकको सेयर खरीद गर्न थालेँ । मैले एभरेष्ट बैंकको सेयर
खरीद गर्न थाल्दा प्रति कित्ता ३ सय थियो, पछि प्रति कित्ता १२ सय
रुपैयाँसम्म हालेर समेत एभरेष्टकै सेयर खरीद गरेँ । मैले जति बेला एभरेष्ट
बैंकको सेयरमा भकाभक लगानी गरिरहेको थिएँ, सो बेला नवील र स्ट्याण्डर्ड
चार्टर्डको अवस्था निकै मजबुत थियो । मेरा कतिपय साथीभाईले समेत राम्रा
बैंक छाडेर एभरेष्टतिर किन लागेको भनेर प्रश्न गर्थे । म ‘मलाई सगरमाथा
मनपर्छ, त्यसैले एभरेष्ट बैंकको सेयर किनिरहेको छुु’ भनेर जवाफ दिन्थेँ ।
मेरा गुरुले एभरेष्ट बैंकको सेयरले भविष्यमा राम्रो हुनेछ भन्ने
सुुझाउनुुभएको थियो । यही सल्लाहका कारण मैले सो बेला एभरेष्ट बैंक र एनबी
बैंकको २ लाख कित्ता सेयर खरीद गरेँ ।
मैले
२ लाख कित्ता भन्दा बढी खरीद गरिँन, तर बोनस सेयरको कारण यसको संख्या
बढ्दै गयो । केही समयपछि नै मैले लिएको २ लाख कित्ता सेयर बढेर १० लाख
कित्ता पुुग्यो । बैंकले दिएको विभिन्न स्कीमका आधारमा पनि मैले लिएको
सेयरको संख्या यसरी बढेको थियो ।
त्यसबेला
हामीले ९० प्रतिशतसम्म सेयर कर्जा पाउथ्यौं । मैले मेरा सारा सम्पत्ति
धितो राखेर करोडौंको सेयर खरीद गरेँ, गरिनै रहेँ । मैले मेरो क्षमताले
भ्याएसम्म सेयर खरीद गरेँ । मैले अन्य लगानीकर्तालाई त्यसबेला ७५० रुपैयाँ
प्रतिकित्तामा एभरेष्टको सेयर खरीद गर्न आग्रह गर्थेँ । त्यसको ६ महिनापछि
तिनै साथीबाट एभरेष्ट बैंकको सेयर मैले प्रति कित्ता १ हजारसम्म हालेर खरीद
गर्थेँ । मैले केही साथीहरुसँग ‘यदि एभरेष्ट बैंकको सेयर प्रति कित्ता १
हजार पुुगेन भने अपुुग रकम म दिन्छुु, तर १ हजार भन्दा माथि पुुग्यो भने
त्यसको प्रोफिट मलाई चाहिन्छ’ भनेर सम्झौता नै गरेको थिएँ । मैले कतिपयसँग
लिखित सम्झौता नै गरेको थिएँ । मैले प्रक्षेपण गरेको भन्दा एभरेष्ट बैंकको
सेयरले राम्रो प्रदर्शन गर्यो । ६ महिनाको अवधिमै यो बैंकको सेयर प्रति
कित्ता १ हजार २ सयको उचाईमा पुुग्यो । त्यसपछि मैले मेरा साथीहरुलाई १२
सयमा सेयर मलाई बिक्री गर्न आग्रह गरे र उनीहरुलाई १ हजार भन्दा माथिको
प्रति कित्ता २ सय रुपैयाँ नाफा पनि मलाई दिन आग्रह गरेँ । होइन भने सेयर
राखिराख्न र आगामी नाफा लिन समेत आग्रह गरेँ । कसैले पनि सेयर बिक्री
गरेनन्, प्रोफिट पनि बाँडेनन् । सबैका लागि आश्चर्यको दिन अर्को ६
महिनाभित्र आयो, कारण १२ सयको सेयर बढेर १७ सयको उचाईमा पुुग्यो । मेरो
जिद्धीले एभरेष्ट बैंकको सेयर गर्ने साथीभाईहरु हेर्दा हेर्दै लखपति भए,
करोडपति बने ।
लगानीकर्ताहरुलाई
सेयर बजारतर्फ आकर्षित गराउने त्यो नै मेरो राम्रो प्रयास थियो भन्ने
लाग्छ । मैले नै बैंकहरुलाई १० प्रतिशत मात्र मार्जिन राखेर सेयर धितोमा
कर्जा प्रवाह गर्न आग्रह गरेको हुँ । सो बेला धेरै बैंक सेयर धितोकर्जा
राखेर ऋण दिन आनाकानी गर्थे ।
मैले
राष्ट्रिय वाणिज्य बैंकबाट ३.२५ प्रतिशत, नेपाल बैंकबाट ५.७५ प्रतिशतको
दरले सेयर कर्जा लिन सुरु गरेको हुँ । मैले नेपाल बैंकका म्यानेजरहरुलाई
कसरी सेयर कर्जा प्रवाह गर्ने भन्ने बिषयमा तालिम नै पनि दिएँ । त्यसपछि
बैंकहरुले अन्य लगानीकर्तालाई ६.२५ प्रतिशतमा सेयर ऋण दिन थाले, तर मलाई
५.७५ प्रतिशतमा दिन्थे ।
त्यसपछि
सेयर मूल्य १० गुणाले बढ्यो । मैले ३ सय रुपैयाँ प्रति कित्तामा किनेको
एभरेष्ट बैंकको सेयर ३ हजारको उचाईमा पुुग्यो । १५ सयको स्ट्याण्डर्ड
चार्टर्डको सेयर ९ हजारको उचाईमा पुुग्यो । ६ देखि ७ सयमा खरीद गरेको सेयर
बढेर ७ हजारको उचाईमा पुुग्यो । १ सय रुपैयाँको एनसीसी बैंकको सेयर बढेर ६
सयमा पुुग्यो । त्यसबेला धेरै बंैक तथा बित्तीय संस्थाहरु सूचिकृत थिएनन् ।
करिब ७ वटा बैंकले सेयर जारी गर्थे भने ४ वटा जति फाइनान्स कम्पनी मात्र
बजारमा सूचिकृत थिए ।
त्यसबेला
मैले कुमारी बैंकको २ लाख कित्ता आइपीओ खरीद गर्ने व्यवस्था मिलाएको थिएँ ।
पछि मैले कुमारी बैंकको सेयर प्रति कित्ता २ हजार रुपैयाँसम्म बिक्री गरेँ
। यस्तै, मैले लक्ष्मी बैंकको आइपीओ १ सय रुपैयाँ प्रतिकित्ताको दरले ४
लाख कित्ता खरीद गरेको थिएँ । त्यसबेला जोसुकैको नाममा जतिसुकै सेयरका लागि
समेत आवेदन भर्न सकिन्थ्यो, चाहेजति सेयर पाउन सकिन्थ्यो । धेरै आकर्षक
सेयरमा पनि धेरै आवदेन पर्यो भने दोब्बरसम्म मात्र पथ्र्यो । लगानीकर्ताले
आफूले दिएको आवेदनको ५० प्रतिशतसम्म सेयर प्राप्त गर्थे ।
त्यसबेला
हामीले सार्वजनिक निश्कासनको भन्दा १० गुणा बढी आवेदन दिन्थ्यौं । जस्तो
५० करोड रुपैयाँको ५० लाख कित्ता सेयरका लागि आवेदन खुल्यो भने हामी ५ करोड
कित्ताको माग गर्दै आवेदन दिन्थ्यौं । त्यसपछि हामीले करिब २५ प्रतिशत
पाउथ्यौं । त्यसबेला सेयर खरीद गर्नेहरुसँग बैंक तथा बित्तीय संस्थाले
नागरिकता समेत खोज्दैन थिए, नाम नै काफी हुन्थ्यो ।
पछाडि
फर्किएर हेर्दा मैले संकटको बेलामा समेत अवसर पक्रने शौभाग्य प्राप्त
गरेको अनूूभूत हुन्छ । यही अवसर तथा सफलताका कारण होला आज मानिसले मलाई
सेयर बजारको ठूलो लगानीकर्ताको रुपमा चिनेका छन् ।
म
सेयरबजारकै कारण झण्डै सिद्धिएको मान्छे हुँ । निकै नराम्ररी प्रभावित
भएँ, तर संकटको समाधानको उपाय मैले सेयर बजारभित्रैबाट खोजेँ । मलाई लाग्छ,
पशुपति नाथको कृपा, साथीभाईको शुुभेच्छा, बैंक तथा फाइनान्स कम्पनीको
सहयोगले मैले ढिलै भए पनि आफूलाई सही प्रमाणित गर्ने सफलता पाएँ ।
सेयर बादशाह निर्मल प्रधानको कथा–२ : ‘४५ वर्षसम्म कमाएको सम्पत्ति ४५ दिनमै स्वाहा !’
नवील
बैंकबाट ९ प्रतिशतमा कर्जा लिएको २ महिनापछि नै मलाई राष्ट्रिय वाणिज्य
बैंकले ५ देखि ६ प्रतिशतको दरले सेयर कर्जा उपलब्ध गरायो । त्यसबेला
वाणिज्य बैंकको सीइओको रुपमा ब्रुस नामका व्यक्ति कार्यरत थिए । त्यसबेला
मैले सेयर कर्जाका लागि त्यति धेरै बैंकहरु धाइँन ।
ब्रुुसजीले
मलाई कल गरे र भने–‘निर्मल म तिमीसँग डिल गर्न चाहन्छु। तिमीले ५०
करोडसम्म सेयर लोन र अन्य खालका लोन समेत लिन सक्छौ ।’ मैले भने–‘हुन्छ, तर
ब्याजदर बढी पर्ला नि ?’ उसले मलाई ५.५ प्रतिशत ब्याजदरमै लोन उपलब्ध
गराउने कुरा बताए । यो कुराले मलाई उत्साहित बनायो, कारण १० प्रतिशतसम्ममा
अरु बैंक र फाइनान्स कम्पनीबाट १३ प्रतिशतसम्म लोन लिइरहेको मलाई यो कुरा
पक्कै पनि सुखद समाचार थियो । त्यसपछि मैले सेवा शुल्क चाहि कति भनेर
सोधेँ, उसले कुनै सेवा शुल्क नलाग्ने जवाफ दियो । यो कुराले म अझ उत्साहित
भएँ ।
त्यसपछि
‘मैले ऋण कहिले पाउँछु’ भनेर सोधेँ, उसले २ महिनाभित्र भन्ने जवाफ दियो ।
मैले त्यहाँबाट ५० करोड लोन लिएँ, सबै सेयरमै लगानी गरेँ । त्यसपछि मलाई
हिमालयन बैंकबाट ६ प्रतिशत र कुमारी बैंकबाट ६.५ प्रतिशत ब्याजदमार
धितोकर्जा लिइदिने अफरहरु समेत आए । मैले अफर आएका सबै बैंकसँग डिल गरेँ ।
मैले
लोन लिंदै भकाभक सेयर खरीद गरिरहेँ । मैले कति लोन लिएँ र कति सेयर खरीद
गरेँ भन्ने हिसाबकिताब नै नगरी लोन लिंदै सेयरमा लगाउँदै गएँ । त्यसबेला
मलाई व्यवस्थित ढंगले लगानी गर्नुपर्छ, हिसाबकिताब व्यवस्थित गर्नुपर्छ
भन्ने समेत उति ठूलो ज्ञान थिएन ।
तर,
आजको दिनमा भने म मेरा सबै डिलहरुको रेकर्ड राख्ने गरेको छुु । आजको दिनमा
पनि म मेरा सेयर कारोबारका सबै रेकर्ड लेखेरै डायरीमा राख्ने गरेको छुु ।
मसँग एउटा डे बुक छ, त्यस्तै अर्को क्यास बुक छ, लेजर छ, जोर्नल बुक पनि छ ।
म यी सबैमा आफैंले लेखेर हरेक कुराको रेकर्ड राख्ने गरेको छुु । म आफैंले
लेखेर सेयर खरीद तथा बिक्री गर्ने गरेको छु, अरुप्रति निर्भर छैन । आजको
दिनसम्म पनि यो जारी नै छ । मेरा कुनै पनि कागजात(डकूमेन्ट) अझै
कम्प्युटरकृत भएका छैनन् । कुन बैंक वा कम्पनीमा कति सेयर छ भन्ने कुराको
सम्पूर्ण मेमोरी मेरो दिमागमै हुन्छ । कतिपय कुरा डायरीले पनि मद्धत गर्छ
।
तपाईले
बुुझ्नुपर्छ कि बैंकहरुले विश्वासका कारण मलाई लोन दिएका थिएनन् । त्यो त
तिनीहरुको बाध्यता थियो । जब उनीहरु सेयर कर्जाको स्किम लिएर आए, त्यसको
उपयोग सेयर खरीद गर्ने वा भएकाहरुले मात्र गर्न सक्थे । मेरो मुख्य व्यवसाय
नै सेयरको कारोबार गर्नु थियो । त्यसबेला समेत धेरै मानिसहरु, जो सेयर
खरीद गर्थे, तर उनीहरुको मुख्य व्यवसाय सेयर कारोबार हुन्थेन । मेरो चाहि
मुख्य व्यवसाय नै सेयर कारोबार थियो र हो ।
सेयर
मार्केटमा प्रवेश गरेको ४५ दिनसम्म मैले सेयर खरीद गरिरहेँ । मैले मेरा
सारा सम्पत्ति नसकिएसम्म ४५ दिनसम्म सेयरमा पैसा खन्याइनै रहे । त्यसपछि
बजारमा ठूलो मन्दी सुरु भएको, हेर्दा हेर्दै म जिरोमा पुुगेँ । त्यसकारण
मैले ४५ दिनमा ४५ वर्षसम्म कमाएको सारा सम्पत्ति गुमाएँ ।
त्यसबेला बैंक अफ काठमाण्डूूको सेयर प्रतिकित्ता २०५ रुपैयाँ र एनआइसी बैंकको प्रति कित्ता ८०५ रुपैयाँमा बिक्री गरेपछि यी दुुई बैंकको सेयर कहिल्यै नकिन्ने कसम नै खाएको थिएँ । तर अझै पनि एनआइसीको सेयर मेरो श्रीमतिको नाममा छ । ती सेयर मैले पूजाका लागि राखेको छुु । पहिलोपटक खरीद गरेको ती बैंकको प्रमाणपत्र अझै पनि मसँग सुरक्षित छ ।
त्यसबेला बैंक अफ काठमाण्डूूको सेयर प्रतिकित्ता २०५ रुपैयाँ र एनआइसी बैंकको प्रति कित्ता ८०५ रुपैयाँमा बिक्री गरेपछि यी दुुई बैंकको सेयर कहिल्यै नकिन्ने कसम नै खाएको थिएँ । तर अझै पनि एनआइसीको सेयर मेरो श्रीमतिको नाममा छ । ती सेयर मैले पूजाका लागि राखेको छुु । पहिलोपटक खरीद गरेको ती बैंकको प्रमाणपत्र अझै पनि मसँग सुरक्षित छ ।
मैले
अलिक चाँडो निर्णय लिएँ । म एक कदम होइन, त्यसबेला दुुई कदम अगाडि बढेँ । म
त्यसबेला आजको निर्णयले भोलि के प्रभाव होला भन्ने डराइँन । तर त्यसबेला
मैले ठूलो जोखिम मोलेकै हो, कारण मैले जीवन नै गुमाइरहेको थिइँन । मैले ४५
वर्षसम्म कडा मेहेनत र परिश्रमबाट कमाएको पैसा सबै ठूलो जोखिम मोलेरै सेयर
बजारमा लगानी गरेको थिएँ । तर, मभित्र दृढताको पहाड थियो कि, म मैले
जीवनभरि कमाएको रकम जसरी पनि फिर्ता गर्ने दृढ संकल्पका साथ बजारमा पुनः
प्रवेश गरेको थिएँ ।
तर,
त्यस्तो बेलामा राष्ट्रिय वाणिज्य बैंकका सीइओले ५ प्रतिशतमा ५० करोड लोन
लिइदिन गरेको अफर मेरा लागि ठूलो कुरा थियो, म पूरा डूूबेको अवस्थामा यस्तो
अफर आउला भन्ने सपनामा पनि सोचेको थिइँन । सायद उनले पनि मेरो बिषयमा
सुनेका थिए र ‘निर्मल प्रधान उनीहरुका लागि राम्रो क्लाइन्ट बन्नसक्छ’
भन्ने उनीहरुलाई पनि लागेको थियो होला ।
म
डूूब्नुु केहीअघि हिमालयन बैंकका २ अफिसर लोन लिइदिन आग्रह गर्दै मेरै
घरमा आएका थिए । उनीहरुले ७५ करोड रुपैयाँको अफर दिए । उनीहरुले बैंकको
संचालक समितिले नै ७५ करोड लोन तपाईका लागि दिनसक्ने भनेको उल्लेख गर्दै
लिइदिन आग्रह गरेका थिए । त्यसबेला बैंकको ब्याजदर १२ प्रतिशत थियो । मैले
उनीहरुसँग मलाई कति प्रतिशतमा लोन दिनुहुन्छ भन्दा उनीहरुले १० प्रतिशतसम्म
दिनसक्ने बताए । मैले त्यो लोन पनि ३ महिनाभित्र लिइसकेँ र सबै सेयरमा
लगानी गरेँ ।
तर, आज मलाई बैंकहरुले विगतमा जस्तो उति सारो विश्वास गर्दैनन् । त्यसरी धक फुकाएर सेयर लोन पनि दिन मान्दैनन् ।
हिजो
मात्र त्यही बैंक मेरो दैलोमा आइपुुग्यो र ७५ करोड लोन लिइदिन अनुुनय
गर्यो तर भोलिपल्टै तिनै मान्छे आएर सबै लोन फिर्ता गरिदिन आग्रह गरेँ ।
अहिलेको बैंकहरुको व्यवहार यस्तो भएको छ । अब त तिनै बैंकहरुले ‘तिमी ऋण
तिर्न नसक्ने खराब ऋणि हौ’ भन्न थाले । एउटा व्यक्ति सुनामीमा परेर
त्यान्द्रोको भरमा ज्यान जोगाइरहेको बेला, त्यसलाई सहयोग गर्नका साटो,
त्यही त्यान्द्रो समेत झिकिदिने व्यवहार बैंकहरुको भयो । उनीहरुले म
डूूबेपछि पनि यस्तै व्यवहार गरे । उनीहरुले मलाई निकै अप्ठ्यारो परिस्थिति
बनाइदिएका थिए । उनीहरुले मैले धितो राखेको सबै मेरो सम्पत्ति लिलाम गरे र
करोडौं कमाए । ठूलो लगानीकर्ताको रुपमा चिनिएको मलाई त बैंकहरुले अप्ठ्यारो
पर्दा यस्तो काम व्यवहार भने तपाई आफैं सोच्नुुहोस्, बैंकहरुले १७ लाख बढी
साना लगानीकर्ताको के हालत बनाएका होलान् ? १७ लाख बढी ऋणिलाई कति पेलेका
होलान् ? हामी लगानीकर्ता स्वार्थरहित ढंगले सरकारलाई कर तिरेर, उच्च जोखिम
समेत मोलेर यो देशको सेवा गरिरहेका छौ, तर संकटको बेलामा हाम्रो योगदान
कसैले नबुुझ्दो रहेछ । मैले भोगेको तीतो यथार्थ हो यो ।
सायद
यस्तै उतारचढाव र भोगाईले होला म पनि बिस्तारै सेयर बजारमा खेल खेल्न
जान्ने हुँदै गएको छुु । मैले साना लगानीकर्ताहरुलाई संगठित गर्ने काम
गरेको छुु र सबैको पैसा जम्मा गरेर ठूलो लगानी सेयरहरुमा गर्ने काम पनि
गरिएको छ ।
सेयर बादशाह निर्मल प्रधानको कथा–३ : ‘लगानीकर्ता मारेर यसरी कमाउँछन् बैंकले’
व्यक्तिगत
स्तरमा एउटा एलायन्स आवश्यक रहेको हिजोआज महसुुस गरिरहेको छु। यस्तो
सम्बन्ध होस्, जहाँ पूर्ण विश्वास रहोस् । यो एलायन्स सधैं पैसाका लागि
मात्र नरहोस् । अझ व्यापक अर्थमा भन्ने हो भने हामीले सँगै काम गर्न सकौं,
हातमा हात मिलाएर संकटबाट कलात्मक ढंगले निस्किन सकियोस् र आगामी दिनमा
आउनसक्ने सबै अप्ठ्याराहरुलाई समेत डटेर सामना गर्न सकियोस् ।
यस्ता
अलायन्सहरुका अन्य भित्री कामहरु पनि हुन्छन्, जुन म अहिले यहाँ उल्लेख
गर्न चाहन्नँ । तर, हामीबीच यसअघि नै एउटा एलायन्स बनाउने सहमति भइसकेको छ ।
तत्काल म धेरै साना लगानीकर्ताहरुसँग काम गरिरहेको छुु, ताकि ती सबैलाई
समेटेर एउटा औपचारिक आकार दिन सकियोस् ।
बैंकप्रति मेरो धारणा
मानिसले अप्ठ्यारो पर्दा नै बैंकबाट ऋण लिने हो । सकेसम्म आफूले व्यवस्थापन गरुञ्जेल उ बैंकबाट ऋण लिन चाहँदैन । बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्ना ऋणिलाई ऋण दिनुु भनेको उनीहरुलाई सहयोग गर्नु हो । त्यसकारण, उनीहरुलाई लिएको ऋण फिर्ता गर्ने सजिलो, सरल उपाय पनि यी संस्थाहरुले दिनसक्नुुपर्छ, यसले मात्र ऋणि र त्यस्ता कम्पनीबीचको सम्बन्ध सुमधुर रहनसक्छ । आफ्ना ऋणिले सहज ढंगले ऋण तिर्नसक्ने सरल प्रक्रिया उपलब्ध गराउनु बैंकहरुको कर्तव्य र जिम्मेवारी पनि हो । कसैले विभिन्न मौका दिंदा समेत ऋण तिर्न सकेन भने त्यसमा हामी केही भन्दैनौ । तर, कतिपय बैंक तथा फाइनान्स कम्पनीहरु जानाजान नै ऋणिहरुलाई अनेक विकल्प दिएर ऋण तिर्न प्रेरित गर्नुभन्दा उनीहरुको सम्पत्ति(धितो) जफत गर्ने हतारोतर्फ लाग्छन्, हामी यस्तो प्रवृतिको विपक्षमा उभिनुपर्छ ।
मलाई
कयौं यस्ता छिद्रहरु थाहा छन्, जहाँ बैंक तथा फाइनान्स कम्पनी फस्न सक्छन्
। जस्तो, बैंक तथा फाइनान्स कम्पनीले २ करोड ऋण कसैलाई दिनुुपर्यो भने १०
करोडको सम्पत्ति धितोमा राख्छन् । यदि कुनै ऋणिले समयमा ऋण तिर्न सकेन भने
बैंकहरुले पहिलोपटक उसको नाममा ३५ दिने सूचना पठाउँछन् । सो बेला पनि ऋण
तिर्न ऊ सक्षम भएन भने ७ दिने सूचना पठाइन्छ । त्यति गर्दा पनि ऋणिको केही
जोर चलेन भने उसको सम्पत्ति(धितो) लिलामीको प्रक्रियामा लगिन्छ । लिलामीका
लागि सम्बद्ध बैंकहरुले गोप्य रुपमा आफ्नो पक्षमा काम गर्ने बिडरलाई
लिलामका लागि तयार गर्छन् । त्यस्ता व्यक्तिहरुलाई लिलामी सकार्न बैंकहरुले
नै भित्री रुपमा फाइनान्स गरिदिन्छन् र शर्त हुन्छ लिलामीपछि आउने नाफा
आधा–आधा बाँड्ने । यो सबै बैंकहरुको भ्रष्टाचारजन्य कार्य हो । यस्तो
अवस्थामा साहाराविहीन लगानीकर्ताले के नै पो गर्न सक्छ र ?
यस्तै
काइते काम गरेर उनीहरुले लगानीकर्ताले धितोको रुपमा राखेको सेयर पनि झ्वाम
पारेका कयौं उदाहरण छन् । जब तपाईले लिलामीको सेयर किन्नुहुन्छ, यस्तो
अवस्थामा तपाईले सतप्रतिशत क्यास दिनुपर्छ । म के नै गर्थे र यदि तिनीहरुले
त्यसबेला मेरो एभरेष्ट बैंकको सबै सेयर लिलामीमा राखेका थिए भने ?
उदाहरणका लागि यदि उनीहरुले ऋण तिर्न नसकेको भनेर मेरो १० लाख कित्ता सेयर
६५ करोडमा अक्सनमा राख्थे भने के मैले ६५ करोड क्यास दिन सक्थे ? कसैले
सक्दैन थियो, असंभव थियो ।
नेपाल
बैंकले मलाई यस्तै अप्ठ्यारो पारिदिएको थियो । त्यहाँबाट मैले लिएको १५
करोड ऋण सात दिनभित्रमा तिरिसक्नुुपर्ने उर्दी आएको थियो । बैंकको यति
हतारो पछाडिको कुनै खास कारण नै थिएन । मैले त्यसबेला नेपाल बैंकविरुद्ध
मुद्धा दायर गरेको थिएँ, यो मात्र एउटा कारण थियो । त्यसबेला यो मुद्धाको
विपक्षीको रुपमा नेपाल राष्ट्रबैंकका गभर्नर र अर्थसचिव समेत थिए । मैले
यसकारण मुद्धा दायर गरेको थिएँ कि नेपाल बैंकले मैले अक्सनको माध्यमबाट
खरीद गरेको सबै सेयर मेरो नाममा ट्रान्सफर गर्न अस्वीकार गरेको थियो ।
२०६२
सालमा नेपाल बंगलादेश बैंकले नेपाल बैंकको ३३ हजार २ सय ६१ कित्ता सेयर
लिलामी गरेको थियो, ती सबै सेयर मैले ५७ लाखमा उठाएको थिएँ । त्यही सेयर
मेरो नाममा ट्रान्सफर गर्न नेपाल बैंकलाई आग्रह गरेको थिएँ । सो बेला नेपाल
बैंकको सेयर बजारमा सूचिकृत थिएन । अनि, उनीहरुले यही कारण देखाउँदै मैले
लिलामीमा सकारेको सेयर मेरो नाममा नामसारी गर्न अस्वीकार गरेका थिए । मैले
यही कारण सर्वोच्च अदालतमा मुद्धा हालेको थिएँ । मैले सेयर लिलामीमा
स्वीकार्न पाउने, तर आफैंले खरीद गरेको सेयर आफ्नै नाममा नामसारी गर्न किन
नपाउने भन्ने तर्कसहित मुद्धा हालिएको थियो ।
त्यसबेला
स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको गरी मेरो नाममा ३२ करोड मूल्यको
सेयर थियो । मेरो सेयरको बजार मूल्य ३२ करोड थियो र मैले कुल ऋण लिएको रकम
चाहि १५ करोड थियो । मैले मुद्धा हालेकै कारण नेपाल बैंकका सीइओले मलाई
पत्र लेख्दै त्यहाँबाट लिएको ऋण सात दिनभित्र चुक्ता गर्न दवाब दिएका थिए ।
उनले ७ दिनभित्र ऋण नतिरे मैले धितोको रुपमा राखेका सबै सेयर लिलामीमा
राखिदिने धम्की समेत दिएका थिए । कतिसम्म अन्याय थियो, सोच्नुुहोस् त ?
त्यही
व्यक्ति, जसले पहिला मेरो घरैमा अफिसर पठाएर ६ प्रतिशतमा सेयर लोन लिइदिन
आग्रह गर्यो, जब मैले आफूले खरीद गरेको सेयर पाउन सर्वोच्चमा मुद्धा हाले,
अनि त्यही व्यक्तिले मलाई पत्र पठाएर ‘जसले हामीविरुद्ध मुद्धा दायर गरेको
छ, त्योसँग हामी डिल गर्दैनौ’ भनेर निहुँ खोज्न थाल्यो । नेपाल बैंकले
दिएको तनावका कारण, त्यसबेला म तीन दिन, तीन रात निदाउन सकिँन । म त्यसबेला
त एक उदाउँदो लगानीकर्ता मात्र थिएँ नि ।
मैले
७ प्रतिशत ब्याजदरमा लोन लिएको थिएँ । त्यसपछि उनीहरुले ब्याजदर कुनै पनि
बेला बिनासूचना बढाइन्छ भन्न थाले । एक महिनापछि यो दर ८ प्रतिशत, अर्को
महिना ९ प्रतिशत र अर्को महिना १० प्रतिशत हुँदै यसैगरी बढ्दै जानसक्ने
भनिन थालियो । मैले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म
तिर्नुपर्यो ।
यस्तो
बेलामा मसँग अन्य उपाय नै के थियो र ? यदि मैले सेयर बिक्री गर्न थालेको
थिएँ भने त्यसबेला मैले खरीद गरेको मूल्य भन्दा घटेर बिक्री गर्नुपर्ने
अवस्था थियो । अनि मैले त्यो बेला अतिरिक्त सेयर कर्जा समेत लिनसक्ने
अवस्था थिएन, कारण मसँग धितोको रुपमा राख्न अन्य धेरै सेयर बाँकी थिएन ।
त्यसपछि
चाहि म हिमालयन बैंक र एनआइसी बैंकमा पुुगेँ । मैले उनीहरुलाई मेरो अवस्था
बताए र १५ करोड ऋण मागेँ । हिमालयन बैंक मलाई १० करोड दिन तयार भयो भने
एनआइसीले मलाई ५ करोडको अफर गर्यो । म हिमालयन बैंक र एनआइसीप्रति आभारी
छुु । त्यसअघि मेरो उनीहरुसँग कुनै सम्बन्ध वा उनीहरुको बैंकमा कुनै
कारोबार पनि थिएन, तर उनीहरुले मलाई किन कर्जा दिए ? हेर्नुहोस्, बैंकहरुले
सधैं राम्रा क्लाइन्ट मात्र खोज्छन् । उनीहरुका लागि राम्रा क्लाइन्ट ती
व्यक्ति हुन्, जसले ब्याज तिर्न सक्छ ।
यहीकारण,
यदि तपाई राम्रो क्लाइन्ट हो भने तपाईले माग गरेभन्दा दोब्बर, तेब्बरसम्म
ऋण पाउन गाह्रो हुन्न । तर यदि उनीहरुले तपाईले ब्याज तिर्न सक्नुुहुन्न
भन्ने कुरा बुुझे भने तपाईले १० अर्बको धितो राख्नुु नै भयो भने पनि
तपाईलाई १ अर्ब समेत ऋण दिंदैनन् । तपाईंले ब्याज तिरिरहे कुनै पनि बैंकले
सावा रकमको बिषयमा कचकच गर्दैनन् । ब्याज चाहि तिरिरहनुुपर्यो । म पनि
यस्तै फेजबाट गुज्रिएको थिएँ ।
म
बन्दीपुरमा जन्मिएँ, चितवनमा बढेँ र २०४५ मा काठमाण्डौ आएँ । मैले यो
क्रममा जति कमाएँ, सबै बैंक तथा फाइनान्स कम्पनीको सहयोगबाटै संभव भएको हो,
यसमा कुनै शंकै छैन । उसो भए मेरो तर्फबाट जुन बैंकले मलाई दुखाएको थियो,
त्यसविरुद्ध केही गर्नु मेरो अधिकार थिएन र ? यदि मैले ऋण लिन्छुु र कुनै
बैंकको कालोसूचिमा परे भने त्यो न मेरो लागि राम्रो हुन्छ न त मेरा
बालबच्चाको भविष्यका लागि नै ।
यही
कारण थियो, मैले सबै सेयर बिक्री पनि गरेको थिएँ कुनैबेला । कारण, बैंकको
कालोसूचिमा नपरियोस् भन्ने विचार नै मुख्य थियो । मैले एभरेष्ट बैंकको सेयर
प्रतिकित्ता ६५० रुपैयाँमा बिक्री गरेँ । मैले महत्वपूर्ण सम्पत्ति समेत
निकै कम मूल्यमा बिक्री गर्नु परेको थियो । मैले २०६९ साल बैशाखबाट बिक्री
गर्न सुरु गरेको थिएँ । मैले स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर प्रति
कित्ता १२ सयदेखि १३ सयसम्म बिक्री गरेको थिएँ । अब मैले सबै लोन तिरिसकेँ र
म कसैको पनि ऋणि छैन । केही सेयर कर्जा भए पनि म अहिले चाहि सुविधाजनक
अवस्थामै छुु
सेयर बादशाह निर्मल प्रधानको कथा–४ : ‘मर्जरमा जाने विकास बैंकको सेयर भूलेर पनि नकिन्नू !’
म
बजारमा मेरो भविष्यको विषयमा आशावादी छु, सधैं थिएँ । जब सेयर मार्केट सन्
२००८ बाट क्र्यास हुन सुरु भयो, त्यसपछि अर्थमन्त्री डा. बाबुराम
भट्टराईले संकटको बिषयमा छलफल गर्न एक आपतकालीन बैठक डाक्नुुभयो । उच्च
सरकारी अधिकारी, गभर्नर, चिनिएका अर्थशास्त्री, संस्थागत लगानीकर्ता
लगायतको त्यहाँ ठूलो जमघट भयो । सो बैठकमा सहभागी संस्थागत लगानीकर्ताहरुले
नेपाल राष्ट्रबैंक र सरकारको गलत नीतिका कारण बजारमा क्र्यासको संकट आएको
तर्क गरे । उनीहरुले नेपाल राष्ट्रबैंकले कुल धितो मूल्यांकनको ५०
प्रतिशतसम्म मात्र सेयर धितोकर्जा पाउने भनी बनाएको नयाँ नियम लगायत नै
संकटको प्रमुख जड भएको बताए । कतिपयले भने अर्थमन्त्रीले सेयरबजारलाई
जूवाघर भन्ने अभिव्यक्ति दिएका कारण समेत बजार क्र्यास भएको आरोप लगाएका
थिए ।
तर
मैले भने डा. भट्टराईलाई बजार यसरी क्र्यास हुनुु एउटा दुुर्योग मात्र
रहेको बताएँ । तथापि उनको अभिव्यक्ति बजार क्र्यास हुनलाई प्रेरक चाहि
बनेकै थियो । तर उनको अभिव्यक्तिको बाबजुद पनि यथार्थमा यो क्र्यास
अनिवार्य थियो । त्यसबेला मैले डा. भट्टराईलाई भनेको थिएँ–‘तैपनि सर,
तपाईले सेयर बजार जूवाको घर होइन भनेर चाहि बुुझ्नुुपर्छ । यदि तपाईले जूवा
हार्नुभयो भने तपाई पूरा रुपमा रित्तिनुुहुन्छ, साथमा केही हुन्न । तर
सेयर बजार क्र्यास नै भए पनि तपाईसँग सेयरको बैधानिक प्रमाणपत्र त बाँकी
हुन्छ कम्तीमा । र, यो सर्टिफिकेटको मूल्य आउँदा दिनमा फेरि फर्किन सक्छ,
फिर्ता हुनसक्छ । यो व्यवसायमा नाफा र घाटा दुवैको बराबरी संभावना हुन्छ,
दुवै न्यायिक हुन् ।’ तपाईले त्यतिबेला मात्र आफ्नो नाफा र घाटाको हिसाब
गर्नुहुन्छ, जति बेला तपाई आफ्नो सेयर क्यास गर्नुहुन्छ । उहाँलाई मैले
अन्य कुरा पनि भनेँ । मैले उहाँलाई यदि तपाई २०७० सालमा प्रधानमन्त्री
हुनुुभयो र तपाईले फेरि यस्तै अभिव्यक्ति दिनुुभयो भने सो बेला त्यसले
बजारमा कुनै असर पुुर्याउँदैन पनि भनिदिएँ । र, त्यस्तो बेलामा तपाईको
अभिव्यक्तिलाई सुुनेर अधिकांश कारोबारी तथा लगानीकर्ता जूवा नै रोज्नेछन्
।
आज
आएर मेरा कतिपय प्रक्षेपण सही साबित भएको छ । वास्तवमा मैले केही मिडियाका
साथीहरुलाई पनि भनेको थिएँ कि २०१२ तिर सेयर बजारमा उछाल आउनेछ । नभन्दै
त्यस्तै भयो।
सारांशमा
भन्नुुपर्दा म सेयरबजार र मेरा सेयरको प्रदर्शनको बिषयमा आशावादी भइराखेँ
किनभने म बजारको ट्रेण्डलाई सही ढंगले विश्लेषण गर्न सक्छुु कि जस्तो लाग्छ
। अनि मैले जे प्रक्षेपण गरेको हुन्छ, त्यसको रिजल्ट मेरो पक्षमै हुन्छ ।
सायद यो मलाई भगवानले दिएको शक्ति पो हो कि ?
यसबाहेक,
यदि तपाई कुनै पनि व्यक्तिको मनोविज्ञानलाई नजिकबाट बुुझ्न चाहनुुभयो
त्यसबाट धेरै कुराहरु थाहा पाउनसक्नुुहुन्छ, धेरै खालका संकेतहरु तपाईले
बुुझ्नुुहुन्छ । यसरी नै बजार, त्यहाँका मान्छे, उनीहरुको मनोविज्ञानलाई
राम्रोसँग बुुझ्न जान्नुुभयो भने तपाई आफैंले नाफा बढाउने खालको वातावरण
बनाउन सक्नुुहुुन्छ । त्यसैले हिजोआज मैले त्यस्तै वातावरण बनाइरहेको छुु,
ताकि आउँदा दिनमा म अझ माथि पुुग्न सकूूँ ।
जब
म विगतमा अति नै खराब अवस्थामा थिएँ, तथापि मैले आफूलाई संकटबाट बचाउनका
लागि त्यो वातावरण तयार गरे नै । अब त कम्तीमा मसँग केही बनाउनका लागि केही
छ । हालै मैले नेपाल बैंक लिमीटेडको १५ लाख कित्ता सेयर खरीद गरेको छुु ।
त्यसका लागि मैले १५ करोड खर्च गरेको छुु । यदि मैले यो बिक्री गरेँ भने
पनि त्यहाँबाट मलाई २५ करोड रुपैयाँ आउँछ । यदि मैले ती सेयर धितो राखेर
सेयर कर्जाका लागि प्रयास गरे भने त्यसबाट मैले २५० करोड मूल्यको सेयर खरीद
गर्ने क्षमता बनाउन सक्छुु । अझै पनि धेरै
बैंकहरु
छन्, जसले मलाई ९० प्रतिशत मार्जिनमा मलाई सेयर कर्जा उपलब्ध गराउन तयार
छन् । मसँग करिब ३० लाख कित्ता एनसीसी बैंकको सेयर पनि छ ।
लगानीकर्तालाई केही टिप्स
सामान्य लगानीकर्ताले कहिल्यै पनि ठूला बैंकहरुमा जानुुहुुन्न । भनिन्छ ठूला बैंक सामान्य लगानीकर्ताका लागि राम्रो अप्सन हुनैसक्दैन । मैले यहाँ लगानीकर्ताको पक्षबाट कुरा गरिरहेको छुु । प्राकृतिक रुपमा कुनै पनि एउटा सेयरको मूल्य १८ सय हुुनुु राम्रो कुरा हो, तर यो आवश्यक छैन कि सेयर लगानीकर्ताहरुका लागि यो नै उत्तम छनौट हो । त्यस्ता व्यक्ति, जो लामो समयका लागि लगानी गर्न चाहन्छन् भने उनीहरुको हकमा त यो आवश्यक नै छैन । तर, एउटा लगानीकर्ताले कुन चाहि सेयरले धेरै बोनस सेयर र धेरै नगद लाभांश दिनसक्छ भन्ने कुरामा सधैं ध्यान दिनुुपर्छ । वास्तवमा, धेरै बोनस दिनसक्ने सेयरले नै हामीलाई उभो लगाउन सक्छ ।
अर्को
कुरा, एउटा लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यो कम्पनीको
ब्यालेन्ससिट, सो कम्पनीको प्रतिष्ठा, व्यवस्थापनको क्षमता र विशेष गरी सो
कम्पनीको संचालकहरुको क्षमता तथा इमेजतर्फ पनि ध्यान दिनुुपर्छ ।
तर,
मैले चाहि धेरै भन्दा धेरै सर्ट टर्म इन्भेष्टमेन्ट नै गरेको छुु । यदि
तपाई पनि सर्ट टर्म लगानीमै जान चाहनुुहुन्छ भने संस्थागत लगानीकर्ताहरुले
सिफारिस गरेको बैंकको सेयर खरिद गर्न सक्नुुहुन्छ, जुन सेयर आगामी दिनमा
बुलिस ट्रेण्डमा जाने प्रवल संभावना हुन्छ । कतिपय अवस्थामा चाहि यदि कुनै
पनि बैंक सानो छ र राम्रो बित्तीय अवस्था पनि छैन भने पनि कतिपय ठूला
लगानीकर्ताहरु त्यसमा चासो दिन्छन्, यसले त्यस्ता बैंकहरु संकटको बाढीमा
तैरिन सक्छन् । विगतमा बैंक अफ काठमाण्डूू समेत यस्तै बैंक थियो । त्यसपछि
कुमारी बैंक पनि यस्तै बैंकको रुपमा आयो । अहिले एनसीसी बैंकले समेत
त्यसैगरी ठूला लगानीकर्ताको ध्यान तानिरहेको छ, कारण त्यस्ता ठूला
लगानीकर्ताको सेयर बजारमा सामान्य ट्रेण्डबाट प्रभावित हुन्छ । भन्नुुको
अर्थ, यदि ठूला बैंक जस्तै स्ट्याण्डर्ड चार्टर्ड र नवील बैंकको सेयर मूल्य
उचालियो भने, बजारका सबै वाणिज्य बैंकको मूल्य बढ्छ बढ्छ ।
अर्कोतर्फ,
सर्ट टर्म वा लङ टर्म लगानीकर्ताले भूलेर पनि निकट भविष्यमै मर्जरमा जान
लागेका कुनै पनि विकास बैंक र फाइनान्सको सेयर खरीद गर्नुहुुन्न । यदि
मर्जरमा जाँदै गरेको विकास बैंकको सेयर तपाईले खरीद गर्नुभयो भने त्यसको
मूल्य करिब दुुईतिहाईले घट्नेछ । उदाहरणका लागि, यदि तपाईले प्रति कित्ता १
सय रुपैयाँको दरले खरीद गर्नुभयो भने मर्जरपछि त्यो सेयरको मूल्य घटेर २५
रुपैयाँमा झर्छ ।
Source:bizshala.com & Nirmal Pradhan's blog
Comments
Post a Comment