शेयर बजारको जोखिमबाट कसरी बच्ने ?

बिश्व शेयर बजारमा अगस्त २४ मा आएको उतार चढावको प्रभाव अझै सकिएको छैन । शेयर बजारमा आएको यस पटकको बिश्वब्यापी कम्पनले लगानीकर्ताहरुलाई आफ्नो लगानी कसरी सुरक्षित गर्ने भन्ने बारेमा धेरै गहिरिएर सोच्न बाध्य पारेको छ । 
विश्व शेयर बजारमा देखिएका  केही प्रबृत्तिहरु नेपाली शेयर बजारका लगानीकर्ताहरुका लागि पनि उत्तिकै उपयोगी हुने देखिएकाले बीबीसी डटकममा प्रकाशित शेयर बजार सम्बन्धी सामाग्री मेरोलगानी डटकमले साभार गरेको छ । 

बीबीसीमा ब्रायन बोर्जुक्योस्की लेख्छन् – त्यस दिन बिश्वका मुख्य शेयर बजारमा शेयर मूल्य तल्लो बिन्दुबाट खरिद बिक्री सुरु भयो र अन्त्यमा घटेरै बन्द भयो ।
त्यसको अर्को दिन शेयर बजार बढ्यो र फेरि घट्यो । यो बीचमा जसले हतारिएर शेयर किने वा बेचे, रकम गुमाएका हुनसक्छन् ।
ब्रायनले शेयर बजारमा लगानीका परम्परागत सोचाईहरु कसरी फेल खान्छन् भन्ने बारेमा लेखेका छन् । उनले शेयर बजारमा चल्ने गरेका संझनायोग्य गलत धारणाहरु अनुशरण गर्दा सम्पति गुमाउनुपर्ने तर्फ पनि सचेत गराएका छन् ।

1.बजार बढ्ने, घट्ने समय थाहा पाउन संभव छ ।

सन् २००८ मा बिश्व शेयर बजारमा मन्दी सुरु हुँदा धेरै लगानीकर्ताले आफ्ना शेयरहरु ब्यापक मात्रामा बेचे । यो बिक्री बिश्व बजारमा सुरु भएको मन्दीको कारण ३० देखि ४० प्रतिशतले बजार तल गएकोले मात्र थिएन । उनीहरुले शेयरहरु बेचे र बजार एउटा निश्चित बिन्दुमा गएर सुध्रिएपछि मात्र किने ।

मानिसहरु सोच्ने गर्छन कि जब बजार तल भर्न थाल्छ, तब शेयर बेच्ने हो र जब बढ्न थाल्छ तब किन्ने हो । तर यसमा समस्या यही छ कि बजार कहिले माथि जान्छ भनेर भबिष्यबाणी गर्न असंभव छ ।
सन् २०१५ मा गरिएको एक अध्ययनले अर्बौ रुपैयाँको कोषका ब्यवस्थापकहरु बजारको अबस्था बिश्लेषण गरी आफ्ना सम्पतिहरु कहिले बेच्ने र कसरी ब्यवस्थापन गर्ने भन्ने काममा लागिरहेका हुन्छन्, त्यहाँ पनि शेयर बजार निश्चित समय तालिकाले यो बेला बढ्छ र यो बेला घट्छ भनेर भन्न सकिने आधार देखाएन । मात्रै दुई प्रतिशत घटनाहरुमा समयको निश्चितले लगानीमा सकारात्मक आम्दानी गर्न सकिन्छ भन्ने देखियो ।

यो संझनयोग्य कुरा छ कि  अगस्तमा बिश्व शेयर बजार फेरि तल जान्छ भनेर लगानीकर्ताहरु चिन्तित भए किनभने  यो बेला तेलको भाउ निकै  चीनको आर्थिक बृद्धि दर सोचिए भन्दा सुस्त भयो । ब्यक्तिगत र संस्थागत लगानीकर्ताहरु अमेरिकी बित्त बजारमा ब्याज दर बढ्ने चिन्तामा रहे र अमेरिकी कम्पनीहरुको नाफा सोचिए अनुसार नहुने आशंका गरे ।

के त्यो समय शेयरहरु बेच्ने समय हो त ? हैन । अमेरिकी ईक्विटी रणनीतिकार साभ स्टोभलका अनुसार अमेरिकी बजार हरेक १८ महिनामा लिएको उचाईबाट सरदर १० प्रतिशतले सच्चिने गरेको थियो तर एस एण्ड पी ५०० सन् २००९ देखि सच्चिएकै थिएन । 
त्यसकारण अगस्तको घटाई सोचिए भन्दा निकै गंभीर हो, पहिलेदेखिकै बक्यौता सच्याई बाँकी थियो – उनले भने ।

साभ भन्छन् –मानिसहरु सोच्छन् बजार सच्चिनु खराब पक्ष हो । उनीहरु शेयर बेचेर बाहिर निस्कन्छन् तर बजार सच्चिएर फर्किदा किन्न चुक्छन् ।

उनी अगाडि भन्छन् –बजार यही समयमा चढ्छ र झर्छ भनेर समय तोक्ने प्रयास नगर । मानिसहरु कहिले बजारबाट निस्कने भनेर सही निर्णय त गर्न सक्छन् तर धेरैले फेरि कहिले प्रबेश गर्ने भन्ने बारेमा बिरलै सही निर्णय गर्छन् ।

2. बलियो अर्थतन्त्र, बलियो शेयर बजार

धेरै मानिसहरुमा यो सोचाई हुन्छ कि सबल अर्थतन्त्र नै शेयर बजारको आधार हो । अर्थतन्त्र बलवान र फैलदै गएपछि शेयर बजार पनि बलियो हुन्छ । अर्थतन्त्र बिस्तारित हुँदै गएपछि शेयर बजारमा लगानी गर्नेहरु पनि बढ्न थाल्छन् ।

लण्डन बिजिनेश स्कुल लगायतका कयौं अध्ययन टोलीहरुले गरेको अध्ययनले आर्थिक बिकास र शेयर बजारको बिस्तारको सम्बन्ध नहुने देखाएको छ ।

यसलाई हामी सहजै बुझ्न सक्दैनौ भन्दै ब्रायनले युरोपेली र एशियाली बजारहरुको उदाहरण दिदै अर्थतन्त्र कमजोर भएको बेला शेयर बजारमा लगानी गर्दा बढी फाईदा हुनसक्ने सुझाएका छन् । धेरै राम्रो अर्थतन्त्र भएको बेला भन्दा कमजोर अर्थतन्त्रमा शेयर बजारमा लगानी गरी कमाउने अबसर धेरै हुन्छ ।

3. कम मूल्य आम्दानी अनुपात भएका कम्पनी राम्रा

लगानीकर्ताहरु जब शेयर खरिद गर्न राम्रा कम्पनीहरुको खोजी गर्छन, कम मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो भएका कम्पनीहरु छान्छन् । लगानीकर्ताले कम्पनीको बृद्धि र भविष्य राम्रो देख्छन्, तब त्यसको शेयरमा धेरै रकम तिरेर किन्न तयार हुन्छन् ।

क्यानाडेली ईक्विटी रणनीतिकार बब गोरम्यान भन्छन्– पीई रेसियो पनि हेर्नु त राम्रो हो तर त्यसलाई मात्र आधार मान्नु गलत हुनसक्छ । 
अमेरिकी कम्पनीका पोर्टफोलियो ब्यवस्थापक साफा मोहत्सेव भन्छन्– कुनै एक त्रैमासमा कुनै कम्पनीको पीई रेसियो कम देखियो भन्दैमा अर्को त्रैमासमा पनि त्यो त्यति नै कायम रहन्छ भन्न सकिन्न ।

गोरम्यान भन्छन्– तीन किसिमले पीई रेसियोको जाँच गर्नुपर्छ– विगतमा के थियो, अहिले के छ र आगामी दिनमा के होला ।

उनले बिगत र बर्तमानमा भन्दा पनि आगामी दिनमा हुने पीई रेसियोमा बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन् । यसका साथै कम्पनीको कर, डिप्रिसियशन, अबमूल्यन लगायतका महत्वपूर्ण पक्ष अध्ययन गरेपछि यी कुराहरु पनि तल छ भने मात्र त्यसको शेयरमा लगानी गर्न उचित छ भनेर यकिन गर्न सकिन्छ ।

4.धेरै ईल्ड भएका कम्पनी राम्रा

सन् २००९ देखि धेरै लगानीकर्ताहरुले लाभांश दिने कम्पनीहरु छान्न थाले जसको ईल्ड ५ प्रतिशत वा त्यो भन्दा माथि थियो । उनीहरु यसकारण यी कम्पनीहरुलाई छान्न पुगे कि बण्डहरुमा लगानी गरेर कमाउनु कठिन थियो, किनभने बण्डहरुको ईल्ड कम थियो ।

दुर्भाग्यबश ती लगानीकर्ताहरुले पछुताउनुपर्ने अबस्था आयो जसले ईल्डलाई मात्रै हेरेर लगानी गरेका थिए, किनभने कम्पनहिरुले अकस्मात लाभांश कटौती गरिदिए ।

बेलायतस्थित अबेरडेन एसेट्स म्यानेजमेन्ट इंकका पाउल एट्किन्सनले बर्षेनी लाभांशको दर बढाउँर्दै लगेका कम्पनीहरुको शेयरमा लगानी गर्नु उत्तम हुने सुझाव दिएका छन् । यदि कम्पनीले अघिल्ला बर्षहरुमा भन्दा लाभांशको दरमा बृद्धि गरेका छैनन् भने त्यस्ता कम्पनीहरुले लगानीका लागि रातो झण्डा फहराएका छन् भनेर बुझ्नुपर्छ ।

एट्किन्सनले भनेका छन् ईल्डको धेरै आकर्षक बिन्दु दुई देखि पाँच प्रतिशतसम्म हुनसक्छ ।

5. किन्नु र होल्ड गर्नु राम्रो 

धेरै लगानीकर्ताहरुले सन् १९९० तिरको समय संझने गर्छन् । शेयर बजार अस्थिर रहेको बेला लगानीकर्ताहरुले बढ्दो मूल्यमा शेयर किने । बजार क्रयास भयो फेरि बजार माथि गयो तर उनीहरु तल गए ।

गोरम्यान भन्छन् – यदि तपाईले शेयर किन्नुभयो र त्यसलाई नबेची होल्ड गर्नुभयो भने तपाईले बदलिदो आर्थिक बाताबरणबाट लाभ उठाउँन सक्नुहुन्न । तर लामो समयको लागि शेयर किन्नु भएको छ भने नबेची राख्दा पनि फरक नपर्ने कुरामा नअल्मलिनुहोस् ।

गोरम्यानले उनका लगानीकर्ताहरुका लागि तीन देखि पाँच बर्षसम्मका लागि शेयरहरु किन्थे र फाईदा आएको अबस्थामा बेच्ने मौका पनि हेरिरहन्थे ।

तपाईले किन्नु भएको शेयरको भाऊ अझै किन्न लायक छ कि छैन भनेर हेर्नुहोस् । नियमित रुपमा आफ्नो शेयरहरुको मूल्य तौलनुहोस् । तपाईले सस्तोमा शेयर किन्नु भएको थियो र बजार नाटकीय रुपमा माथि गयो भने बेचेर बाहिर निस्कन पनि सक्नुहुन्छ, त्यसो गर्नु भएन भने त्यसैमा झुण्डिरहने न हो । छोटो समयका लागि लगानी गर्नेहरु भने यस्तो बेलामा शेयर बेचेर नाफा सुरक्षित गर्ने गर्छन ।

मोहत्सेव भन्छन्– तपाई धेरै उत्तेजित नहुनुहोस् भलै तपाई बाह्रमासे शेयर कारोबारी हुन चाहनुहुन्न अथवा सधैका लागि बजारबाट बाहिर जाने वा भित्र आउने ब्यक्ति पनि हुनुहुन्न । बिस्तारै  क्रमबद्ध रुपमा प्रगति गरेकै राम्रो ।
                                                                                                                       Source-BBC

Comments

Popular posts from this blog

555 TIMER